भर्खरै : Sorry, your browser does not support inline SVG.
ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल, छठअघि सञ्चालन गर्ने तयारी | स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारसँग मागे जवाफ | कांग्रेसको नयाँ कार्यसमितिमा १४ सांसद निर्वाचित, १० जना पराजित | एनपीएलको भव्य तयारी, कीर्तिपुर मैदानमा थपियो नयाँ सुविधा | असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि बिक्री सुरु | सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित |

चितुवाको छाला र हड्डीसहित दुई पक्राउ

चितुवाको छाला र हड्डीसहित दुई पक्राउ

मार्तडी । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार खोयालेकमा चितुवाको छाला, हड्डी र दाँत बिक्री गर्न लागेको अवस्थामा उनीहरूलाई जिल्लाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्लामा ल्याइएको छ । उनीहरुलाई वन्यजन्तु चोरी सिकारी ऐनअनुसार मुद्दा चलाउने तयारी थालेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाबाट करिब एक वर्ष पहिले पनि रामबहादुर अयडीसहितका व्यक्तिलाई चितुवाको छाला, हड्डी दाँत र मृगका हड्डीसहित मुद्दा चलाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.