भर्खरै : Sorry, your browser does not support inline SVG.

चिरञ्जिवी सापकोटाको अभिनयमा रहेको बहिनी बोलको गीत सार्वजनिक

चिरञ्जिवी सापकोटाको अभिनयमा रहेको बहिनी बोलको गीत सार्वजनिक

काठमाडौं । चिरञ्जिवी सापकोटाको अभिनयमा रहेको बहिनी बोलको गीत सार्वजनिक भएको छ। चिरञ्जिवी सापकोटा रंग पत्रकारितासँगै पछिल्लो समय कलाकारितामा पनि जम्दै गएका हुन् ।

Bahini
एसथ्रीके इन्टरटेन्मेन्टको प्रस्तुत गरेको यो गीत निकै कारुणिक रहेको छ। बहिनीसँग बिछोडिएका सापकोटालाई वक्षिप्त अवसथामा देख्न सकिन्छ यो गीतमा । बहिनीको रुपमा बहिरा कलाकार सुजल बम देखिएकी छन्। यस्तै गीतमा समीक्षा पोखरेल, दिनेश कठायत, अर्जन विकलगायत कलाकारको भूमिका देख्न सकिन्छ। १३ मिनेट बढी समयको उक्त भिडियोमा परिवारमा बहिनीसँगको घुलमिलदेखि अन्य विषयलाई समेटिएको छ।

भिडियो परिकल्पना तथा शब्द सतिश अधिकारीको रहेको छ। स्वर, संगीत तथा एरेन्ज हेमन्त कान्छा रसाइलीको छ। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुुन्।

भिडियाे हेर्नुहाेस्..

 


Thali Mobile Pvt.Ltd.