भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिसोको कहर शुरु, काठमाडौमा जाडो सुरू भएयताको कै कम तापक्रम मापन

चिसोको कहर शुरु, काठमाडौमा जाडो सुरू भएयताको कै कम तापक्रम मापन

काठमाडौं । काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार विहान मापन गरिएको तापक्रम जाडो सुरू भएयताको कै कम तापक्रम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका पहाडी भू–भागमा दिउँसो आंशिक बदली हुन सक्ने महाशाखाले जनाएको छ । पहाडी भू–भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने सफा रहने जनाइएको छ ।

मंगलबार भने कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली हुने र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  जुुम्लामा न्यूनतम तापक्रम माइनस ०.७ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिकरूपमा घट्दै गएको छ । मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.