जाजरकोट । चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गएको छ । त्रिपालमा बस्दै आएका भेरी नगरपालिका २ का हुकुमबहादुर पुनको एक महिनाकी छोरी निरुताको मृत्यु भएको हो ।
तीन दिन अघि बिरामी परेकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले ग्रस्त निरुताको उपचारको क्रममा निधन पुर्व वडाध्यक्ष कालीबहादुर वलिले बताए ।
चिसोले जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेको अस्पतालले जनाएको छ । चिसोकै कारण ११ जना दिर्घरोगी र वृद्धवृद्धाको मृत्यु भइसकेको छ ।
