भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौं । रराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभएको छ । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताउनुभयो ।

सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा सहभागी मन्त्रीले कोभिड–१९ को महामारीविरुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाउनुभएको पनि मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.