भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

चीनद्वारा स्वास्थ्य–विमा नियमनका लागि महत्वपूर्ण कानून स्वीकृत

चीनद्वारा स्वास्थ्य–विमा नियमनका लागि महत्वपूर्ण कानून स्वीकृत

चीन । चिकित्सा संस्था र बिमादारहरूको अधिकार र जिम्मेवारी परिभाषित गर्ने मेडिकल विमा कोषसम्बन्धी एक प्रमुख मस्यौदा नियमावलीलाई चिनियाँ राज्य परिषद्को बुधबार बसेको बैठकले स्वीकृत गरेको छ । मस्यौदाले मेडिकल विधेयकहरूको समयमै व्यवस्थापन गर्नुका साथै विमा कोषहरूको तुरून्त बाँडफाँडको काम गर्नेछ । यसले विमा जालसाझीलाई विभिन्न माध्यमबाट जरिवाना र मेडिकल प्रमाणपत्र खारेजसमेत गर्न सक्ने प्रावधान रहेको छ ।

बेइजिङ, तियानजिन, हेबेईलगायतका १० प्रान्तस्तरीय क्षेत्रले मेडिकल–विमा कोषहरूको सुपरिवेक्षणका लागि वैधानिक विशेष संस्थाको गठन गरिसकेका राष्ट्रिय स्वास्थ्य सेवा सुरक्षा प्रशासनले जनाएको छ । “सेवामुखी यस मस्यौदाको उद्देश्य मेडिकल बीमा कोषको जनताको वैधानिक अधिकारको रक्षा, चिकित्सा बीमा कोषहरुको निरीक्षण र सुदृढीकरणको रहेको छ,” राष्ट्रिय स्वास्थ्य सुरक्षा अनुसन्धान संस्थानका सह–व्यवस्थापक यिंग याझेनले भन्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.