भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

चीनबाट रासायनिक मल आयात

चीनबाट रासायनिक मल आयात

काठमाण्डौ । चीनबाट रासायनिक मल आयात हुन थालेको छ । चीनसंगको व्यापारिक नाका तातोपानीबाट २ सय ३२ मेट्रिक टन रासायनिक मल भित्रिएको हो । ६ महिनाअघि नै आउनुपर्ने मल बल्ल भित्रिन थालेको छ । पहिलो खेप ल्याएपछि चीनले रासायनिक मल निर्यातमा रोक लगाएपछि ल्याउन ढिलाइ भएको जनाइएको छ । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ ।

तातोपानी नाका भएर बुधबार दुई सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । ग्लोबल टेन्डरमा शिल्कले प्रतिमेट्रिक टन रासायनिक मल ६ सय ६१ अमेरिकी डलरमा आयात गर्ने सम्झौता गरेको थियो । यो सँगै रासायनिक मलमा चीन नेपालको नयाँ बजार बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.