भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युक्रेनले रुसलाई आफ्नो एक इन्च जमिन नदिने राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको चेतावनी

युक्रेनले रुसलाई आफ्नो एक इन्च जमिन नदिने राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको चेतावनी

काठमाडौं । रुससँग युद्ध अन्त्यको लागि आफ्नो एक इन्च जमिन पनि नछोड्ने युक्रेनले चेतावनी दिएको छ । राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुससँंगको युद्ध कुटनीतिक बाटोबाट मात्रै समाधान हुने बताउदै युद्ध अन्त्यको लागि आफ्नो एक इन्च जमिन पनि नछोड्ने चेतावनी दिएका हुन ।

उनले आफ्नो भू–भाग दिने विषयमा सम्झौता नहुने घोषणा घोषणा समेत गरेका छन् । रुसले युक्रेनको पूर्वी क्षेत्रमा रहेको सेभेरोडोनेत्स्क शहरमा घेरा हालेकै बेला युक्रनले आफ्नो घोषणा सार्वजनिक गरेको हो । पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले युक्रेनको किभमा संसदलाई सम्बोधन गर्दै युक्रेनीहरूले मात्रै आफ्नो भविष्यको निर्णय गर्ने सक्ने औंल्याएका छन् ।

भ्रमणको क्रमको किभ पुगेका राष्ट्रपति डुडाले सम्बोधनकै क्रममा युक्रेनलाई युरोपियन युनिएन इयुमा सामेल गराउने प्रयास जारी रहेको समेत बताएका छन् । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिआयलो पोडोल्याकले आगामी दिनमा अझै रक्तापातपूर्ण युद्ध हुनसक्ने संकेत गर्दै रुससँग कुनै हालतमा सम्झौता नगर्ने स्पष्ट बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.