भर्खरै : Sorry, your browser does not support inline SVG.
सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध | युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन | मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान |

चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज बंगलादेश प्रस्थान

चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज बंगलादेश प्रस्थान

काठमाडौं । बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली आज शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ। २५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरे ।

१६ खेलाडीसहित डिसेम्बर २५ देखि ३१ तारिखसम्म ढाकास्थित सुहार्दी राष्ट्रिय इन्डोर स्टेडियम हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले ३ तथा महिला टोलीले २ स्पर्धा सहभागिता जनाउने छन् ।

पुरुषले रेगु टिम, रेगु र क्वाड तथा महिलाले रेगु र क्वाड स्पर्धामा खेल्ने छन् । पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, संगिन थापा मगर, विपिन थनेत, विजय महतो, पदमबहादुर ठाडा मगर, सूर्यकुमार चौधरी, दिपेशजंग थापा, उमेशबहादुर महतो, राजीव कालाखेती, सन्देश राई र चन्द्र चौधरी रहेका छन् । महिलामा सुमित्रा डंगोल, कमला दर्जी, रुथकुमारी श्रेष्ठ, निरु थापा मगर र भबिसरा ढकाल छन् ।

टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा नेसिर मास्के, पुरुषको मुख्य प्रशिक्षकमा वीरेन्द्रविक्रम लिम्बू र सहायक प्रशिक्षकमा खेवाहाङ राई तथा महिलाको मुख्य प्रशिक्षकमा लोकमणि आत्रेय र सहायक प्रशिक्षकमा रामकुमारी शर्मा तिमिल्सिना रहेका छन् ।

निर्णायकमा मेघराज तोलङ्गी र क्षितिजकुमार धामी रहेका छन् । नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहने छ ।

 


Thali Mobile Pvt.Ltd.