काठमाण्डौ । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ एवम् शुभद्रा मदन (शुभम) फाउन्डेशनका सञ्चालक मदन राई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले लाई प्रहरीले पक्राउ गरेको हो। खोटाङमा रहेको फाउन्डेशनमा बस्दै आएकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मामा राईले फाउन्डेशन सञ्चालन गर्दै आएका छन् । एक जना पीडित प्रहरीको सम्पर्कमा आएपछि राईलाई पक्राउ गरि सोधपुछ तथा थप अनुसन्धान भइरहेको खोटाङ प्रहरीले जनाएको छ ।
