डोल्पा । जंगली च्याउ खाँदा ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् ।
आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका हुन ।
सोमबार विहानमात्र खबर पाएको प्रहरीले जनाएको छ ।प्रहरी सहायक निरीक्षक कृष्ण तिरुवाको कमाण्डमा ७ जनाको टोलि घटास्थलतर्फ गएपनि पुग्न धेरै लामो समय लाग्ने भएकाले हेलिकप्टरबाट उद्दार गरिएको छ ।
