भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘जनताको जीवनमा परिवर्तनको अनुभूति गराउनु आवश्यक छ’

‘जनताको जीवनमा परिवर्तनको अनुभूति गराउनु आवश्यक छ’

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गणतान्त्रिक व्यवस्थाप्रति जनताको भरोसा बढाउन परिवर्तनको अनुभूति गराउनु आवश्यक रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले राजनीतिक खिचातानीका कारण व्यवस्थाप्रति नै नैराश्यता पैदा गर्ने जबर्जस्त प्रयास हुँदै आएको उल्लेख गर्नुभएको छ ।

कुनै पनि व्यवस्था अभ्यासबाट परिपक्व हुँदै जाने उल्लेख गर्दै पौडेलले संवैधानिक तथा कानूनी प्रबन्धको परिधिभित्र रहेर संवैधानिक दायित्व पूरा गर्ने संस्थालाई अनावश्यक विवादमा तान्नु नहुने बताउनुभएको छ । “नेपाली जनताको अथक सङ्घर्ष र बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको स्थापना भएको हो ।

, गणतन्त्र दिवसका अवसरमा देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरुप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु, घाइते एवम् अङ्गभङ्ग भई उपचारमा रहनुभएका योद्धाहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु”, पौडेलले सन्देशमार्फत भन्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.