जाजरकोट झुल्केडाँडा ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु

जाजरकोट झुल्केडाँडा ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका–५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नलगाड कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा नलगाड–५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको ज्यान गएको प्रहरीले बताएको छ ।

मंगलबार भएको उक्त दुर्घटनामा नलगाड–८ का विनोद परियार घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले बताए ।

 


Thali Mobile Pvt.Ltd.