भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य

जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य

जाजरकोट ।  वर्षौदेखि एक्सरे गर्नका लागि डोल्पाको सदरमुकाम दुनै वा जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा एक्सरे र ल्याव सेवा शुरु भएपछि वर्षौदेखिको दुःख हटेका हुन् । नौ वडा रहेको मुड्केचुलामा बीचभागमा पर्ने राजिकम्दस्थित स्वास्थ्य संस्थामा स्वास्थ्य सहायक र सिनियर अहेवकै भरमा दिनरात स्वास्थ्य सेवा प्रवाह भएपछि सर्वसाधारण खुशी भएका छन् ।

गाउँपालिकाले स्वास्थ्यकर्मीलाई आफ्नै लगानीमा तालीम तथा अन्य उपकरण उपलब्ध गराएपछि दैनिक गर्भ जाँचदेखि अन्य सेवा प्रभावकारी देखिएको स्थानीयवासी जगबहादुर सिंहले बताउनुभयो । गाउँपालिकाले भर्खरै मात्र पाँच श्ययाको अस्पताल निर्माण कार्य शुरु गरेको छ । रुकुम, जुम्ला, जाजरकोट र डोल्पाको सिमानामा जोडिएको मुड्केचुला गाउँपालिकाको नौ वटा वडामा अन्य सेवा विस्तार गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

गाउँमै स्वास्थ्य सेवा प्रभावकारी भएपछि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सुरक्षित रुपमा सुत्केरी गराउने दरसमेत बढेको छ । गाउँपालिकाको तर्फबाट स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई कुखुरा, शुद्ध पानी पिउने फिल्टर र पोसिलो खानेकुरा उपलब्ध गराइएको अध्यक्ष शाहीले बताउनुभयो । फोन सेवा भरपर्दो नभएको मुड्केचुलामा गाउँमा बिरामी हुँदा वा महिलालाई परेको समस्या समाधान गर्न स्वयंसेविकालाई परिचालन गरिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.