भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने

ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने

काठमाडौँ । ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सनको संयुक्त आयोजनामा आगामी असार १ गते भर्चुअल माध्यमबाट उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता हुने भएको हो । नेशनल प्याब्सनका अध्यक्ष खड्गबहादुर बस्नेतले ज्येष्ठ नागरिकको दुव्र्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

“कविता प्र्रतियोगिताले स–साना बालबालिकालाई ज्येष्ठ नागरिकप्रति सम्मान गर्नका लागि थप सहयोग पुग्ने विश्वास लिएका छौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो । नेशनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले ज्येष्ठ नागरिकमाथि कतिपय स्थानमा अपमानजनक व्यवहार तथा शब्दहरू प्रयोग हुँदै आएकाले यस्ता प्रकारका गलत काम रोक्न उक्त प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी हुने विद्यार्थीले जेठ २८ गते साँझ ४ बजेसम्म आफ्नो विद्यालयमा नाम दर्ता गरिसक्नुपर्ने श्रेष्ठले बताउनुभयो । बढीमा चार मिनेटभित्र कविता सम्पन्न गर्नुपर्ने उक्त प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउनेछन् । प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई रु आठ हजार,दोस्रो हुनेलाई रु छ हजार, तृतीय हुनेलाई रु चार हजार र सान्त्वना चार जनालाई जनही रु एक हजार र प्रमाणपत्र प्रदान गरिने छ।

 


Thali Mobile Pvt.Ltd.