भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी

झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले बताए ।

सिन्धुलीगढीस्थित बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको थियो । कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएपछि पोखरेल मंगलबार नै सिन्धुलीगढी पुगेका थिए । पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै गठबन्धनमा आवद्धदलका कार्यकर्ताले विरोध जनाए ।

गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताहरु झडपमा उत्रिने र अप्रिय घटना हुन सक्ने स्थिति पैदा भएपछि सुरक्षाकर्मीको तैनाथ गरिएको थियो । सर्वदलीय बैठकमा पनि सहमति जुट्न नसकेपछि जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्न पुगेको हो ।

 


Thali Mobile Pvt.Ltd.