रोल्पा । रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । राल्पाको लुङ्ग्री गाउँपालिका–४ जलुकेमा भएको टिपर दुर्घटनामा एक जनाको ज्यान जानुका साथै एक जना घाइते भएका हुन् । टिपर दुर्घटनामा लुङ्ग्री गाउँपालिका–२ सिर्पका ३७ वर्षीय अमृतबहादुर ओलीको ज्यान गएको रोल्पा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि चालक दाङ राप्ती गाउँपालिका–३ का ४३ वर्षीय दीपक केसी गम्भीर घाइते हुनुभएको छन् । दाङबाट इँटा लिएर लुङ्ग्री गाउँपालिका–२ सिर्प जाँदै गरेको रा १ ख १७८७ नम्बरको टिपर दुर्घटनामा परेको हो ।
