भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

टेलरले स्कुटीलाई ठक्कर दिदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

टेलरले स्कुटीलाई ठक्कर दिदा  श्रीमतीको मृत्यु, श्रीमान घाइते

भक्तपुर । मध्यपुरथिमी नगरपालिका वडा नं ३ गठ्ठाघर चोकमा १२ चक्के टेलरले स्कुटीलाई ठक्कर दिदा एक जनाको मृत्यु एक जना घाइते भएका छन् । भक्तपुरबाट काठमाडौ तर्फ जादै गरेको ना ८ ख २३११नं को टेलरले बा प्र०२–०३८प ४४०१नं को स्कुटीलाई ठक्कर दिएको हो ।

स्कुटीमा सवार स्कुटी चालक भक्तपुर नगरपालीका ५ घर भई हाल ललितपुर नखिपोट बस्ने बर्ष ४३ का जिते देउलाको नागरिक अस्पतालमा उपचार भईरहेको छ भने र उनीकी श्रीमती बर्ष ४१ कि नबिना देउलाको उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ट्रक चालक मकवानपुगढी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ३८ का बुद्ध बहादुर घलानलाई प्रहरी बृत ठिमीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । दुर्घटनास्थलमा बाटो अबरोध नभएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.