भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ट्याक्टरले च्यापेर बालकको मृत्यु

ट्याक्टरले च्यापेर बालकको मृत्यु

सल्यान । ट्याक्टरले च्यापेर सल्यानमा ६ वर्षीय बालकको मृत्यु भएको छ । शारदा नगरपालिका–४ लामाडाँडा घरका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ ट्र्याक्टर एक्कासी गुड्दा चन्दका छोरा दिक्सनको मृत्यु भएको हो ।

शुक्रबार बेलुकी साढे ५ बजेतिर बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

ट्याक्टर देवबहादुर चन्दकै भएको प्रहरीले बताएको छ । ट्र्याक्टर कसरी गुड्यो भन्ने खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.