भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवक परिचालन

ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवक परिचालन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त, बनाउन पुनः स्वयंसेवक परिचालन गरेको छ । महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न क्याम्पसका २०० विद्यार्थीलाई विभिन्न चोक, आकाशे पुल र जेब्राक्रसिङमा परिचालन गरेको हो । महाशाखाले स्वयंसेवकलाई १० दिनसम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ । काठमाडौँ उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नाका साथै जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा भएका दुर्घटनामा परी मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उहाँले पैदलयात्रीको बढी भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरी सहजता ल्याउने जानकारी दिनुभयो । उपत्यकामा वर्षेनि सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदल यात्रु दुर्घटना परी अनाहकमा ज्यान गुमाउनु परेको छ ।

सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरवाही तरिकाले सडक पार गर्ने र जथाभावी हिँड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन प्रभावकारी उपाय रहेको महाशाखाले जनाएको छ । स्वयंमसेवक परिचालनबाट काठमाडौँको ट्राफिक व्यवस्थापनमा थोरै भए पनि राहत मिल्ने र पैदल यात्रुलाई सहजता हुने विश्वास गरिएको छ । यसअघि महाशाखाले नेपाल स्काउट, सामुदायिक सेवा केन्द्रका युवा विद्याथीरुलाई प्रशिक्षण दिई विभिन्न चरणमा ट्राफिक स्वयमंसेवक परिचालन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.