भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार र बुधबार काठमाडौँमा बसेको दुईदिने कार्यसम्पादन समितिको बैठकले आबद्ध सङ्घ, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी आगामी वर्ष जेठमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।बैठकले अध्यक्ष आचार्यको संयोजकत्वमा राष्ट्रिय समितिका सबै, महिला तथा युवा अध्यक्ष तथा संरचनामा रहेका आबद्ध सङ्घ, ट्रेड युनियन कांगे्रस प्रदेश तथा जिल्ला अध्यक्ष रहेको महाधिवेशन मूल तयारी समिती गठन गरेको छ । उक्त बैठकले सदस्यता फाराम तथा शुल्क सङ्कलन २०७९ फागुन मसान्तभित्र, आबद्ध सङ्घको राष्ट्रिय महाधिवेशन २०७९ चैत मसान्तभित्र, ट्रेड युनियन कांगे्रस जिल्ला अधिवेशन २०८० वैशाख ९ र प्रदेश अधिवेशन वैशाख १८ गते सम्पन्न गर्ने निर्णय गरेको महासचिव योगेन्द्र कुँवरले जानकारी दिनुभयो ।

विसं २०८० वैशाखदेखि सरकारले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामजिक सुरक्षामा सहभागी गराउने निर्णय भइसकेको सन्र्दभमा स्थानीय तहमा श्रमिकको पञ्जीकरण तथा श्रमिकको समस्या समाधानार्थ स्थानीय तहमा श्रम सल्लाहकार समिति गठन गराउन सम्बन्धित निकायमा अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगाडिको ट्रेड युनियन कांग्रेसको बैठकको निर्णयविरुद्ध रहेर अलग्गै पार्टीमा आबद्ध भएको भन्दै ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सल्लाहकारद्वय रिता खनाल र कल्पना अधिकारीलाई सल्लाहकार पदबाट तथा अनौपचारिक क्षेत्रकी उपाध्यक्ष आशासिंह राठौरलाई उपाध्यक्ष पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।नेपाल ट्रेड युनियन कांग्रेसले नीति अधिवेशन, कांग्रेसको संरचनामा श्रमिक समावेश, दुई तहको निर्वाचन समीक्षा, कोरोनाबाट थिलोथिलो भएका श्रमिकलाई राहत, श्रमिकलाई सामाजिक सुरक्षा तथा आप्रवासी श्रमिक समस्याका मुद्दालाई छलफल गर्न तत्काल कांग्रेसको महासमिति बैठक बोलाउनसमेत माग गरेको छ ।
ट्रेड युनियन कांग्रेसमा देशभरका औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत विभिन्न २७ श्रमिक सङ्घ, सङ्गठन आबद्ध छन् भने झण्डै पाँच लाख श्रमिक सदस्य रहेका बतायएको छ ।

 


Thali Mobile Pvt.Ltd.