भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

डढेलोका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९३ पुग्यो

डढेलोका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९३ पुग्यो

एजेन्सी । अमेरिकामा डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डडेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको हो । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ भने कयौँ घाईते भएका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगोमा जलेर ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी शव परिवारलाई बुझाउन चुनौति बनेको छ । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवनहरू ध्वस्त भएका छन् ।

अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । अधिकारीहरूले २ हजार २ सयभन्दा बढी भौतिक संरचना नष्ट भएको तथा ५ अर्ब ५० करोडभन्दा धेरैको धनमाल नष्ट भएको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.