भर्खरै : Sorry, your browser does not support inline SVG.
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट बचत फिर्ता भइरहेको समितिको स्पष्टोक्ति | तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान | सगरमाथा संरक्षणमा राष्ट्रपतिको जोड : दिगो पर्यटन र हिमाली वातावरण जोगाउन आग्रह | म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ |

डेडिकेटेड र ट्रंकलाइन विवादमा ओलीलाई अनावश्यक आरोप लगाएको भन्दै एमालेको विरोध

डेडिकेटेड र ट्रंकलाइन विवादमा ओलीलाई अनावश्यक आरोप लगाएको भन्दै एमालेको विरोध

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनावश्यक आरोप लगाएको भन्दै विरोध जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले माओवादी सांसदहरुले प्रधानमन्त्रीले नभनेको कुरा भनेको भन्द्र भ्रम छरेको बताए ।

प्रधानमन्त्रीले यदि कुनै उद्योगी व्यवसायीहरुले नियम बमोजिम राज्यलाई शुल्क तिरेको छैन भने अनिवार्य तिर्नुपर्छ, त्यसमा इफ बट हुँदैन भनेको गिरीले बताए ।
उद्योगी व्यवसायीहरु गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेको सिफारिस अनुसार महशुल तिर्न तयार रहेको भन्दै सांसद गिरीले विद्युत प्राधिकरणले त्यसको प्रमाण दिनुपर्ने बताए ।

विगतमा कुनै लेनदेन भएका कारण विद्युत प्राधिकरणले मिटर रिडिङको प्रमाण लुकाएको उनले आरोप लगाए । विगतमा विद्युत प्राधिकरणबाट अपारदर्शी काम भएको र यसले समस्या पारेको उनको दाबी छ ।

 

 


Thali Mobile Pvt.Ltd.