भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डोटीको आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द

डोटीको आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द

डोटी । डोटीको आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । सरकारले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने निर्णय गरेपनि गाउँपालिकाले पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकताृहरुले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

यस जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकहरुको सहमतिमा पारिश्रमिक बढाएको तर आदर्श गाउँपालिकाले बेवास्ता गरेको आन्दोलनरत कर्मचारीहरुले आरोप लगाएका छन् । गाउँपालिका शिक्षक महासङ्घले पनि कर्मचारी तथा सहजकर्ताको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै सहभागिता जनाएको छ ।

आदर्श गाउँपालिका शिक्षक महासङ्घका अध्यक्ष गणेश दाहलका उनुसार सङ्घीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारका तर्फबाट प्रतिव्यक्ति रु सात हजार पारिश्रमिक बढाउनुपर्ने माग रहेको छ । उनले थपे उनीहरुका माग पूरा नहुञ्जेलसम्मका लागि गाउँपालिकामा रहेका ३३ वटै विद्यालय बन्द गर्ने निर्णय गरी तालाबन्दी गरिएको हो ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गणेश खड्काले शिक्षकबाट विद्यालय बन्द हुनु दुःखद् रहेको बताइन् । विद्यालय कर्मचारी तथा सहजकर्ताको माग चाँडो सम्बोधन गरी विद्यालय सञ्चालन गर्नुपर्ने उनको तर्क रहेको छ । कोरोना भाइरसका कारण विद्यार्थीको पढाइ पूरा हुन नसकी अन्योलता कायमै रहेका बेला पुनः यसरी विद्यालय बन्द हुनु दुःखत कुरा हो ।
गाउँपालिकाले तलब वृद्धिका विषयमा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

 


Thali Mobile Pvt.Ltd.