भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

डोटी । डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

केआईसिंह गाउँपालिका डुम्राकोटडोटीमाका तेज तिरुवा र उनकी श्रीमती राधा तिरुवाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा डोटी केआइसिंह–१ महादेवका जीप चालक ३६ वर्षीय गोविन्द्र शाही र केआइसिंह–२ जारिमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवा रहेका छन् ।

डोटीको दिपायलबाट केआईसिंह गाउँपालिका–१ घाँटलायातर्फ जादै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप सडकबाट ५०–६० मिटर तल खसेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.