काठमाण्डौ । पहाडी जिल्लाका केही ठाउँमा मंगलबार हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । काठमाण्डौ उपत्यकामा फाट्टफुट्ट पानी पर्ने र सोमबार प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको थियो ।
केही ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद्सले जनाएका छन् । गर्मी र ुलुु बाट जोगिन प्रशस्त पानी पिउन, सकेसम्म घाममा नहिँड्न, हिँड्नै परे छाता ओढ्न विज्ञले सुझाएका छन् । प्रि–मनसुनको अवधि सकिए पनि मनसुनी प्रणाली विकसित नहुँदा पानी पर्न सकेको छैन भने गर्मी बढिरहेको छ ।
मंगलबार पहाडी क्षेत्रमा पानी पर्ने अनुमान रहे पनि तराईका जिल्लामा भने गर्मी उस्तै रहेको छ । बिहानदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईको जनजीवन प्रभावित भइरहेको छ । तराईमा अझै एकरदुई दिन यस्तै गर्मीको सम्भावना जनाएको छ ।
