भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

ताज पहिरिएपछि नम्रता श्रेष्ठको मुहारमा मुस्कान…

ताज पहिरिएपछि नम्रता श्रेष्ठको मुहारमा मुस्कान…

काठमाडौं । कोरोना महामारीको कहरकैबीच भएको ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेपछि उनको मुहारमा फरक मुस्कार आएको छ । २० जना प्रतिस्पर्धी सहभागी ‘मिस नेपाल वर्ल्ड’मा उनले उपाधि उचालेकी हुन ।

दुइ सयबढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुवीच कडा प्रतिस्पर्धा भएको हो । काठमाण्डौ बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा नम्रताले ताज जितेकी हुन् । नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितेकी छन् ।

अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यो बर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि सिमल कनौजियाले जित्दा ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जित्न सफल भइन् भने सिमल, सुप्रिया र सन्ध्याले टाइटलसँगै साढे २ लाख पुरस्कार पनि प्राप्त गरेका छन् ।

आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ले नेपाल पर्यटन बोर्डसँग मिलेर ‘मिस टुरिज्म’ नामक नयाँ विधा समेत थप गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.