भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तालमेलसहित निर्वाचनमा होमियो कांग्रेस

तालमेलसहित निर्वाचनमा होमियो कांग्रेस

काठमाडौं । स्थानीय निर्वाचनमा आवश्यक तालमेलसहित नेपाली काँग्रेस निर्वाचनमा होमिएको छ ।

गठबन्धनका दलसँग तालमेल गर्ने निर्णयसहित चार दिन चलेको केन्द्रीय कार्यसमिति बैठकले बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने आधारसहितको निष्कर्ष निकालेको छ ।

यो अवस्थालाई सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरूप तालमेल गर्ने नीतिगत निर्णय पार्टीले गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । संस्थापनइतर नेता डा. शेखर कोइराला पक्षले भने चुनावी गठबन्धन पार्टीको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर मात्र सम्भव हुने बताउँदै आएको छ।

महामन्त्री गगनकुमार थापाले ३६ लाख नयाँ मतदातालाई कम्युनस्टिका ‘हँसिया हथौंडा’मा भोट हाल भनेर कांग्रेस कसरी बन्छ भन्दै सभापतिलाई गतिलो प्रश्न गरे ।

बैठकले पार्टीको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.