भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

तिब्बतमा सन् २०२१ को ११ महिनामा पर्यटन गतिविधि उच्च

तिब्बतमा सन् २०२१ को ११ महिनामा पर्यटन गतिविधि उच्च

एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बतमा सन् २०२१ मा पर्यटकीय गतिविधिमा आशातित वृद्धि भएको छ । दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रले यस वर्षको पहिलो ११ महिनामा घरेलु तथा विदेशी पर्यटक गरी कूल चार करोड ४३ लाख पर्यटकलाई सेवा दिएको स्थानीय अधिकारीहरूले बुधबार बताए ।

क्षेत्रीय पर्यटन विभागका अनुसार यस क्षेत्रको पर्यटन आय एक वर्ष पहिलेको भन्दा २२.४ प्रतिशतले बढेर ४३ अर्ब ८५ करोड यूआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) भएको बताइएको छ । पर्यटनमा तीव्र वृद्धि हुनुलाई आंशिकरूपमा यस क्षेत्रमा कोभिड–१९ नियन्त्रणमा मिलेको प्रभावकारीतालाई स्थानीयले लिने गरेका छन् ।स्थानीय स्वास्थ्य आयोगका अनुसार मंगलबारसम्ममा तिब्बतले लगातार झन्डै ७०० दिनसम्म कुनै नयाँ पुष्टि वा संदिग्ध घटनाहरू देखिएका छैनन् ।

यस क्षेत्रको पर्यटन वृद्धिलाई प्रेरित गर्न तिब्बतको हिउँदे पर्यटनका लागि प्राथमिक नीतिहरू पनि लागू गरिएको छ । यसमा अक्टोबर महिनाको मध्यदेखि वर्षको अन्तसम्म धेरै पर्यटकहरूको आकर्षणमा होटलको मूल्य र निःशुल्क प्रवेश दर पनि समावेश छ ।

 


Thali Mobile Pvt.Ltd.