तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी

काठमाडौं । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रामप्रसाद चालिसे विजयी भएका छन् । यसैगरी वाणिज्य उपाध्यक्षमा तत्कालीन माओवादी निकट मिनराज भण्डारी र खुला उपाध्यक्षमा तत्कालीन एमाले निकट रुपबहादुर खत्री विजयी भएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा ओली र प्रचण्ड माधव पक्ष संयुक्त प्यानल बनाएर प्रजातान्त्रिक समूहसँग चुनाव लडेका थिए । ८२९ मतमा चालिसे विजयी भएका हुन । ओली निकट चालिसेले अर्का प्रत्यासी हिमाल बस्नेतलाई ३४ मतले हराए ।

उद्योग उपाध्यक्ष पदमा भने प्रजातान्त्रिक प्यानलका ललितजंग शाह विजयी भएका छन् । उनले ८६० मत पाए । उनका निकटतम प्रतिस्पर्धी यज्ञबहादुर केसीले ७ सय १८ मत पाए । वाणिज्य उपाध्यक्ष निर्वाचित तत्कालीन माओवादी निकट भण्डारीले ९७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी गोकर्ण गिरीले ६०३ मत पाए ।

 


Thali Mobile Pvt.Ltd.