भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

तुसारो र चिसो बढ्दा जनजीवन कष्टकर

तुसारो र चिसो बढ्दा जनजीवन कष्टकर

ओखलढुङ्गा । पछिल्ला दिनहरुमा ओखलढुङ्गा जिल्लाको माथिल्लो भेगमा तुसारोले जनजीवन कष्टकर बनाएको छ । केही दिन यता तुसारोसंगै चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको हो ।

सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाडेका हरिकुमार मगरका अनुसार जिल्लाको माथिल्लो भागमा बाक्लो तुसारो परेको छ । तुसारोका कारण चिसोले बढेकाले घाँस दाउरा तथा दैनिक काम गर्न समस्या भएको छ । स्कूले बालबालिका र जेष्ठ नागरिकलाई चिसोले अझ बढी समस्या भएको उनको भनाइ छ ।

जिल्लाको माथिल्लो क्षेत्रहरु जन्तरखानी, धाप, सिँगाने, झाप्रे, पात्ले, खिजिदेम्बाको माथिल्लो भेगमा तुसारोका कारण अत्याधिक चिसो बढेको छ । चिसोले धारा तथा ट्याङ्कीको पानी समेत जम्न थालेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार विगतका वर्षहरु भन्दा यस अत्यधिक चिसो बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.