भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

थप तीन हजार ९१५ जनामा सङ्क्रमण पुष्टि, २७ को मृत्यु

थप तीन हजार ९१५ जनामा सङ्क्रमण पुष्टि, २७ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई हजार ७६३ र छ हजार ८७४ एन्टिजेन परीक्षणमा एक हजार १५२ जना गरी कूल तीन हजार ९१५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख २८ हजार ५३२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७४ हजार ३४ रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार ११८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७९ हजार ४९५ पुगेको छ ।

नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३५ हजार ५१८ होम आइसोलेसन, तीन हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ७३६ जना आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७९८ जना छन् ।

थप २७ को मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार २३९ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.