भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

थप १७ जनामा कोरोना सङ्क्रमण देखिएपछि भुम्लुको ८ नं वडा सिल

थप १७ जनामा कोरोना सङ्क्रमण देखिएपछि भुम्लुको ८ नं वडा सिल

काभ्रेपलाञ्चोक । विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका वर्ष ३९ र ४० का दुई महिला, वर्ष २०, ३२, ४० र ५५ का पुरुष गरी छ, बनेपा नगरपालिकाका वर्ष चारका एक बालकसहित ५९ वर्षको पुरुष र वर्ष नौ, २८, ३२ र ६० का महिला गरी छ, मण्डनदेउपुर नगरपालिका घर भई भुम्लु गाउँपालिकामा कार्यरत वर्ष ३३ का स्वाथ्यकर्मी महिला र मण्डनदेउपुर नगरपालिकाकै वर्ष ४९ का एक महिला रहेको डा. झाले बताए ।

यसअघि शनिबार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैँसेपाटीमा कार्यरत कर्मचारी र उपचाररत बिरामी गरी २३ र धुलिखेल अस्पतालमा कार्यरत १२ कर्मचारीमा गरी ३५ जनामा एकै दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसहित काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको सङ्ख्या १६२ पुगेको छ । तीमध्ये आजसम्म ६३ जना निको भएर घर फर्किसकेका छन् भने ९७ व्यक्ति विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

त्यस्तै काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–८ मा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पूरै वडा क्षेत्र सिल गर्नुका साथै गाउँपालिकाबाट हुने सेवाप्रवाहसमेत अनिश्चितकालका लागि बन्द गरिएको छ । पालिकाभित्रमा थप सङ्क्रमण फैलिन नदिन भुम्लु गाउँपालिकाले मङ्गलबारबाट अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाइँले बताए ।

पालिकाको वडा नं ६, ८ र १० का बासिन्दा र गाउँपालिकाका कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएकाले बाँकी समुदायमा समेत सङ्क्रमण फैलन सक्ने सम्भावना रहेकाले मङ्गलबारबाट अनिश्चितकालका लागि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको उनले बताए । सो पालिकाको वडा नं ८ मा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा क्षेत्र पूरै सिल गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.