भर्खरै : Sorry, your browser does not support inline SVG.

थप ५९४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २५,५५१ पुग्यो (भिडियो)

थप ५९४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २५,५५१ पुग्यो (भिडियो)

३० साउन २०७७ काठमाडौं( पछिल्लो २४ घन्टामा नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन्।नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेर्नुहाेस् भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/367100578021367/

मेची अञ्चल अस्पतालमा १७ जना डिस्चार्ज
मेची अञ्चल अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भएका छन् । साउन १९ गतेदेखि मेची अञ्चल अस्पतालमा उपचाररत २२ जना कोरोना सक्रमितमध्ये आज नेगेटिभ नतिजा आएकाहरु घर फर्किएका छन् ।

डिस्चार्ज हुने १७ जनामध्ये १ महिला र अन्य पुरुष रहेका छन् । मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर, डाक्टर गोबिन्द कँडेलको टिमले फूलगुच्छा, अबिर र निरोगिताको प्रमाणपत्र दिएर उनीहरुलाई बिदा गरेका थिए ।

थप ४ जना संक्रमितको मृत्यु, मृतकको संख्या ९९ पुग्यो
२४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा थप ४ जनाको मृत्यु भएसँगै ९९ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन् ।

नारायणी अस्पतालका डाक्टर, नर्ससहित थप १५ जनामा कोरोना
वीरगञ्जस्थित नारायणी अस्पतालका डाक्टर, नर्ससहित थप १५ कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नारायणी अस्पतालका मात्र ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार डाक्टर, नर्स, स्वास्थ्यकर्मीमा नै संक्रमण देखिएकाले सेवा प्रवाहमा समस्या परेको छ । उनका अनुसार वीरगञ्जमा दैनिक संक्रमित थपिने क्रम जारी रहेकाले उपचारमा समस्या उत्पन्न भएको हो । अस्पतालका १५ सहित थप ४९ जनामा कोरोना देखिएको हो ।

उपत्यकामा १३८ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा १३८ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ५ जना कोरोना संक्रमित देखिएका छन् । आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ । काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.