भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

झारफुककाे बहानामा झाक्रिले गरे एक महिलालाई बलात्कार

झारफुककाे बहानामा झाक्रिले गरे एक महिलालाई बलात्कार

३० साउन २०७७ सल्यान । झारफुक गर्ने बहानामा बलात्कार गर्ने एक झाक्रिलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वली (झाक्रि)ले झारफुक गरिदिन्छु भन्दै एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

गएको साउन २० गते राति बिरामी परेकी भाउजु नाता पर्ने महिलालाई एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । आँफु बिरामी भएको र देवरले फुकेपछि मात्र निको हुँने भन्दै एक्लै कोठामा बसाली रातको समयमा बलात्कार गरेको पिडित महिलाले उजुरी दिएको प्रहरीले जनाएको छ ।

भनेको नमाने अनिष्ट निम्तिने भन्दै बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरेको प्रहरीको भनाई छ । आरोपितलाई बिहिबार नै पक्राउ गरी अनुसन्धानका लागी हिरासतमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.