भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

दशैँको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिँदै

दशैँको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिँदै

काठमाण्डौ । बडादशैंको तेस्रो दिन चन्द्रघण्टादेवीको पूजा गरी मनाइँदै छ । देशका विभिन्न शक्तिपीठमा चन्द्रघण्टादेवीको पूजा गर्न मानिसहरुको भीड लागिरहेको छ । काठमाण्डौ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना लगायतका शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने लागेको छ ।

देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण चन्द्रघण्टा भनिएको मानिन्छ । गएको वर्ष सुनसान भएको काठमाण्डौको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । चन्द्रघण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूत प्रेत शक्तिबाट उन्मुक्ति पाउँछन् भन्ने विभिन्न शास्त्रमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.