भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको गाडी दाङको लमहीमा दुर्घटना, नाै जना घाइते

प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको गाडी दाङको लमहीमा दुर्घटना, नाै जना घाइते

दाङ । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको गाडी शनिबार दाङको लमहीमा दुर्घटना भएको छ । दुर्घटनामा परि नौजना घाइते भएको प्रहरीले जनाएको छ । लगभग पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै रा १ ज ७३७ नंको टाटा सुमो दुर्घटना स्रोतले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङको अनुसार घाइते हुनेहरुमा प्यूठानका २२ वर्षीया लक्ष्मी खड्का, तीन वर्षीय आरस खड्का, ५३ वर्षीया दिलसरी राना, १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय घर्ती, १५ वर्षीया रबिना घर्ती, ३५ वर्षीया जिता घर्ती, लमही–६ देउपुरका ३६ वर्षीय तुल्सीराम न्यौपाने र प्यठान कै २२ वर्षीया कुमारी राना रहेका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ भने दिलसरी रानालाई उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ ।
त्यस्तै गाडी चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.