भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

दाङमा टिमुरका बिरुवा रोप्ने अभियान सञ्चालन

दाङमा टिमुरका बिरुवा रोप्ने अभियान सञ्चालन

६ साउन २०७७ दाङ ।  दाङमा ५२ हजार टिमुरका बिरुवा रोपिएको छ ।  टिमुर वर्ष अभियान’ अन्तर्गत टिमुरका बिरुवा रोपिएको हो ।

स्थानीयको आर्थिक जीवनस्तर सुधार गर्ने र आयआर्जनसँग जोड्दै जाने उद्देश्य रहेको अभियानले जनाउको छ । जिल्लाको पहाडी क्षेत्रमा टिमुरका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लाको बंगलाचुली गाउँपालिका, तुलसीपुरको छिल्लीकोट र घोराही उपमहानगरको सैघाका सामुदायिक वन र व्यक्तिका बारीमा टिमुरका बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।  घोराही उपमहानगरपालिको वडा नं १९ राम्चेको मदन आश्रित सामुदायिक वन क्षेत्रमा २ हजार ३ सय टिमुरका बिरुवा रोपिएको छ ।

यस वर्ष १ लाख टिमुरका बिरुवा रोप्ने लक्ष्य अनुसार आधाभन्दा बढी रोपिसकेको डिभिजन वनकार्यालय दाङले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.