भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दाहाल–नेपाल समूहद्वारा आधिकारिकताका लागि आयोगमा पत्र दर्ता

दाहाल–नेपाल समूहद्वारा आधिकारिकताका लागि आयोगमा पत्र दर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सो समूहका तर्फबाट पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको हस्ताक्षरसहित पुस ७ गतेको केन्द्रीय समितिको निर्णय आयोगको जानकारी तथा आवश्यक कारवाहीका लागि भनी आयोगमा पत्र दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त समूहले ४४१ सदस्यीय नेकपाको केन्द्रीय कमिटीमध्ये २८७ जना आफ्नो पक्षमा रहेको जिकिर र्दै आधिकारिकता आफ्नो पक्षले पाउनुपर्छ भन्ने माग गरेको छ । उक्त पत्र दर्ता गराउन पार्टी नेता सुरेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आयोग जानुभएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.