भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

दुईजनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश

दुईजनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सक कुटिएको घटनामा पक्राउ परेकामध्ये दुईजनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि चिकित्सक र मृतकका आफन्तबीच तनाव उत्पन्न भएको थियो ।

न्यायाधीश ध्रुवकुमार पियाको इजलासले सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, प्रदीप गुरुङ, मनीष थापा र विजय गुरुङलाई भने जनही एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
अस्पताल परिसरभित्रको सीसीटीभीमा देखिएका अनुहारमध्ये थप १० जनालाई पहिचान गरिएको प्रहरीले जनाएको छ । ती १० जनालाई नै प्रहरीले फरार सूचीमा राखेको छ । पहिचान नखुलेका अरू व्यक्ति पनि फरार सूचीमा रहेका कास्की प्रहरीले जनाएको छ ।

उनै गुरुङसहित पोखरा–१७ का छावा भनिने सुशील कार्कीलाई अदालतले थुनामा पठाउन आदेश दिएको हो । राजनीतिक रूप लिँदा त्यहाँ खटिएका एक प्रहरी निरीक्षक निलम्बनमा र एक डीएसपी अकस्मात् काज सरुवामा परेका थिए । पीडितका आफन्त र चिकित्सक पक्षबीच अस्पताल प्रशासनको रोहबरमा यही असोज ११ गते ६ बुँदे सहमति पनि भएको थियो । त्यसका बाबजुद कास्की प्रहरीले असोज १२ गते थप आठजनालाई पक्राउ गरेको थियो । असोज ८ गते पोखरा महानगरपालिका–५, मालेपाटनका विनय गुरुङलाई पक्राउ गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.