भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दोलखामा गठबन्धनका कार्की अगाडि

दोलखामा गठबन्धनका कार्की अगाडि

दोलखा । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्मको चार हजार ४९४ मत गणना हुँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले दुई हजार ९ सय १० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले एक हजार १८३ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेश सभा क मा तीन हजार ९६६ मत गणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार १८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार ३२७ मत ल्याएका छन् ।

प्रदेश सभा ख मा चार हजार ४५३ मत गणना हुँदा एमालेका भरत केसीले दुई हजार १८५ र कांग्रेसका बर्मा लामाले एक हजार ८५७ मत प्राप्त गरेका छन् । दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

दोलखामा जम्मा ९४ मतदानस्थल र १ सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार ४५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.