काठमाण्डौ । दोलखामा भएको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दोलखाको बिगु गाउँपालिका ४ लादुकमा प्रदेश ३–०१–०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु ३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको दोलखामा र अरुको धुलिखेल तथा काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सिन्धुपाल्चोकको तातोपानीबाट फर्किएको जीप बिगु गाउँपालिकाको लादुकमा दुर्घटना भएको हो ।
