भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

धारिलो हतियार प्रयोग गरी आफ्नै साथीले गर्यो हत्या

धारिलो हतियार प्रयोग गरी आफ्नै साथीले गर्यो हत्या

झापा । शिवसताक्षीस्थित झिलझिलेका एक युवाको हत्या भएको छ । हत्या नजिकको साथीले गरेको खुलेको हो । शिवसताक्षी–११ का २९ वर्षीय गोमनसिंह मगरको हत्या उनकै साथी शिवसताक्षी–८ का ३२ वर्षीय मनकुमार लिम्बूले गरेको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा झिलझिले नजिक रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले लिम्बुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । आर्थिक लेनदेन नमिलेपछि हत्या गरेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.