भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नक आउट चरणको खेल तालिका सार्वजनिक

नक आउट चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता यूएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले गएराति निकालेको ‘ड्र’ अनुसार राउण्ड अफ सिक्सटिनमा साविक विजेता चेल्सीले फ्रेन्च क्लब लिलसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै लियोनल मेस्सी रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिड भिड्ने भएका छन् ।

लिभरपुलले राउण्ड अफ १६ मा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दा म्यान्चेस्टर सिटीले स्पोर्टिङ लिस्बनसँग खेल्नेछ । जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियाको साल्जवर्गसँग खेल्दा पोर्चुगलको बेनिफीकाले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडले स्पेनको एट्लेटिको मड्रिड तथा इटालीको युभेन्ट्सले स्पेनको भियारियालसँग खेल्नेछ । राउण्ड अफ १६ का खेलहरु फेब्रुअरी १५ तारिखमा सुरु हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.