राकम कर्णाली । आठबीस नगरपालिका स्तरीय खानेपानी तथा स्वच्छता विधेक तर्जुमा गोष्ठी सुरु भएको छ । स्वच्छ खानेपानी पाउँनु नागरिकको अधिकार भएकाले समुदायलाई सचेतीकरण गर्दै स्थानीय तहमा विधेय निमार्ण गर्नेबारे छलफल भएको हो ।
जल परियोजना, शौचालय निमार्ण भए पनि प्रयोगविहिन भएको अवस्थाका बारेमा जानकारी दिइएको थियो । पानीको पहुँच, मुहान संरक्षण, स्रोतको दिगो संरक्षणका बारेमा जनप्रतिनिधि, सरोकारवाला निकाय र पत्रकारको उपस्थितिमा भएको सो कार्यक्रममा युएसएआईडिका
चिरन्जीवि कोइराला, (अनुगमन तथा मुल्याङकन), नारायण वेलवासे (सुशासन तथा व्यवस्थापक), विष्णु पोखरेल (जलाधार सल्लाहकार)ले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा नगरप्रमुख तर्क बहादुर बडुवाललगायत जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
तस्वीरमा…
