भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

नयाँ अर्थमन्त्री छानला त माओवादीले ?

नयाँ अर्थमन्त्री छानला त माओवादीले ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकप्रति सबैको ध्यान केन्द्रीत भएको छ । बिहीबार बस्ने केन्द्रीय समिति बैठक राजीनमा दिएका अर्थमन्त्री जनार्दन शर्माको ठाउँमा माओवादी केन्द्रले कस्लाई पठाउल भनेर सबैको ध्यान माओवादी केन्द्रको केन्द्रीय बैठकमा केन्द्रीत भएको हो ।

मंगलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको थियो । पार्टी अध्यक्ष प्रचण्डले बुधबार पनि बैठक स्थगित गरेर छलफल गरेका थिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेपछि बुधबार प्रचण्डले जवाफ दिने र पदाधिकारी, स्थायी, पोलिटब्युरोको नामावली प्रस्ताव गर्ने कार्यक्रम थियो ।

माओवादी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक असार १९ र २० गते सञ्चालन भएको थियो । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठकमा बुधबार संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको थियो र पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.