भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने

नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने

काठमाडौं । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ । विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना वैशाख महिनामा नै शुरू गरी २०७९ जेष्ठ १ गते देखि नियमित पठन पाठन सुरु गर्ने गत फागुन ३ गते बसेको बैठकले निर्णय गरिएको हो । विद्यालयले २०७९ चैत्र मसान्तभित्र राष्ट्रिय पाठ्यक्रम प्रारूपले निर्दिष्ट गरे बमोजिम पाठ्य घण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवम् परीक्षा र मूल्याङ्कनका कार्यहरू सकिने गरी स्थानीय तहसँगको समन्वयमा वार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयन गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

विद्यालयहरूले पठन पाठन गर्दा कोभिड–१९ संकट व्यवस्थापन तथा समन्वय केन्द्रको माघ २३ गतेको सिफारिस अनुसार नै हुने गरी नियमित रूपमा सञ्चालन गर्नुपर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । मन्त्रालयले शैक्षिक सत्र चैत्र मसान्तसम्मको पुरै अवधि विद्यालयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्ने, विद्यालयले लिने सबै प्रकारका परीक्षाहरू वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको काम समेत बैशाख महिनाभित्रै सक्न पनि विद्यालयहरुलाई निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.