भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नवौँ राष्ट्रिय खेलकुदको मिति सर्‍याे

नवौँ राष्ट्रिय खेलकुदको मिति सर्‍याे

काठमाडौँ । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । यही जेठ २२ देखि २८ गतेसम्म हुने भनिएको उक्त प्रतियोगिताको तयारी समय नपुगेकाले मिति सार्न बाध्य भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद परिषद् राखेपको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको बताउनुभयो ।

उहाँले नवौँ राष्ट्रिय खेलकुदसँग सबन्धित बजेट कार्यान्वयनको लागि सार्वजनिक खरिद ऐनअनुसार जानुपर्ने भएकाले तोकिएको मितिमा प्रतियोगिता आयोजना गर्न नसकेको बताउनुभयो । अब नवौँ राष्ट्रिय खेलकुद आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुनेछ ।नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने दुई प्रर्दशनी खेलको रुपमा राखिएको छ । जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो र उसु रहेको छ ।त्यसैगरी बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल, कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन र प्याराग्लाइडिङ रहेको छ । ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.