भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

नाइजेरियामा २९ जनाको ज्यान गयो

नाइजेरियामा २९ जनाको ज्यान गयो

काठमाण्डौ । डुङ्गा पल्टिँदा नाइजेरियाको उत्तरी राज्य कानोमा बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गएको छ । उनीहरु कानो राज्यबाट नदी पारिको अर्को सहर बाग्वईमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गरिरहेको अवस्थामा डुङ्गा पल्टिएको जनाइएको छ । जीवितै उद्धार गरिएका सात जनालाई अस्पताल लगिएको छ ।

ज्यान गुमाउनेमा धेरैजसो ६ देखि १२ वर्षका स्कुले बालबालिका रहेका छन् । डुङ्गामा ५० जनाभन्दा बढी यात्रु थिए । बेपत्ताको खोजी कार्य भइरहेको उद्धारमा संलग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले जनाएका छन् । डुङ्गामा क्षमताभन्दा धेरै यात्रु रहेको र खराब मौसमका कारण पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.