भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

नापोलीसँग लिभरपुलको लज्जास्पद हार

नापोलीसँग लिभरपुलको लज्जास्पद हार

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब नापोलीसँग लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ । राति भएको समूह चरणको पहिलो खेलमा नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोल अन्तरले हराएको हो ।

नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एक एक गोल गरे । लिभरपुलका लुइज डियाजले एक गोल फर्काए । पहिलो हाफमै लिभरपुल क्लब ३–० ले पछि परेको थियो ।

लिभरपुलका लागि समूह एको पहिलो खेल बिर्सनलायक रह्यो । खेलमा अग्रता नापोलीले जिलिस्कीको पेनाल्टी गोलमा लिएको थियो ।

एन्गुइसाले नापोलीको अग्रता दोब्बर बनाउने काम गरे । खेल सकिन एक मिनेट अघि सिमोनले घरेलु टोलीका लागि तेस्रो गोल गरे ।

 


Thali Mobile Pvt.Ltd.